समाज


काठमाडौँमा आज तापक्रम : न्यूनतम जति घट्यो, अधिकतम त्यसको दोब्बर बढ्यो

काठमाडौँमा आज तापक्रम : न्यूनतम जति घट्यो, अधिकतम त्यसको दोब्बर बढ्यो

नेपालखबर
माघ ११, २०८२ आइतबार २०:२०, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (आइतबार) अघिल्लो दिनको तुलनामा न्यूनतम तापक्रम तलतिर जाँदा अधिकतम तापक्रम भने माथि उक्लिएको छ।

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार आज काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस हुँदा अधिकतम तापक्रम १८.४ डिग्री सेल्सियस छ। हिजो (शनिबार) यी तापक्रम क्रमश: ५.५ र १६.७ डिग्री सेल्सियस थिए।  

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ।

यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

हेर्नुहोस् देशभरको तापक्रम विवरण-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad