काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर बसेको छ। अर्थात् आज (मंगलबार) पनि उपत्यकाको न्यूनतम तापक्रम हिजो (सोमबार) को जत्ति नै छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस नै छ।
आज सुरुवाती मापन (बिहान ५:४५ बजे) मा ४.० डिग्री सेल्सियस देखिएको उपत्यकाको न्यूनतम तापक्रम आधिकारिक मापन बिहान ८:४५ बजे ३.५ डिग्री सेल्सियस कायम भएको हो।
हिजो पनि उपत्यकाको न्यूनतम तापक्रम यत्ति नै थियो। सोमबार उपत्यकाको अधिकतम तापक्रम भने १८.६ डिग्री सेल्सियस थियो। आजको अधिकतम तापक्रम भने साँझ ५:४५ बजे मापन हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ।
यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।
हेर्नुहोस् तापक्रम विवरण (नोट : यसमा न्यूनतम मात्र आजका हुन्, अधिकतम हिजोका)

Shares

प्रतिक्रिया