समाज


आज राति देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

यी तीन प्रदेशमा भारी हिमपात र दुई प्रदेशमा चट्याङको खतरा
आज राति देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

नेपालखबर
माघ १३, २०८२ मंगलबार २०:५८, काठमाडौँ

आज (मंगलबार) राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम हिमपात/वर्षा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ। 

साथै राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको समेत सम्भावना छ।

यस्तै आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङको समेत सम्भावना रहेको मौसम महाशाखाले जाएको छ। 

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad