समाज


अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए

अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए

नेपालखबर
माघ १४, २०८२ बुधबार ७:१९, काठमाडौँ

संखुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मंगलबार मृत फेला परेका छन्।

आयोजनाको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत मजदुर मृत अवस्थामा भेटिएका हुन्।

उत्तर दक्षिण कोसी राजमार्गको नालिमा मोरङ केराबारी गाउँपालिका-१० घर भई हाल अरुण तेस्रोको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत २२ वर्षीय बाउट तामाङ मंगलबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।

तामाङको शव उत्तर दक्षिण कोसी राजमार्गको नालीमा मृत अवस्था फेला परेको प्रहरी जनाएको छ।

शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad