समाज


बारामा मध्यराति आमाछोराको हत्या, बाबुछोरी गम्भीर घाइते

बारामा मध्यराति आमाछोराको हत्या, बाबुछोरी गम्भीर घाइते

नेपालखबर
माघ १४, २०८२ बुधबार ७:४४, काठमाडौँ

बाराको परवानीपुरमा गएराति आमाछोराको हत्या भएको छ। घटनामा बाबुछोरी गम्भीर घाइते भएका छन्। 

परवानीपुर गाउँपालिका-१ रहरीया टोलमा गएराति अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

डीएसपपी विजयराज पण्डितले नेपालखबरलाई दिएको जानकारी अनुसार आक्रमणमा परेर मृतक महिलाका पति ५० वर्षीय जगरुप र छाेरी २८ वर्षीया मनितादेवी घाइते भएकी छन्। 

उनीहरूको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। 

‘गएराति १२ बजेपछि घटना भएको जानकारी आएपछि हामी घटनास्थलमा पुगेका थियौँ,’ डीएसपी पण्डितले भने, ‘अज्ञात व्यक्तिले धारिलो हतियारले आक्रमण गरेर आमाछोराको हत्या गरेको हो। ससुराबुहारी घाइते अवस्थामा छन्।’ 

उनले आक्रमणकारीको पहिचान खुल्न नसकेको बताए। ‘हामी हत्याराको खोजी र घटनाको थप अनुसन्धानको क्रममा छौँ,’ पण्डितले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad