आज बिहीबार, १५ माघ २०८२ (२९ जनवरी २०२६)। हेर्नुस् आजको राशिफल-
मेष : रमणीय र सुखद यात्राको योग छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। सेयर बजारबाट लाभ मिल्नेछ।
भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। भैरवजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
वृष : रोकिएका काम सम्पादन हुने योग छ। नयाँ कार्यको योजना बन्नेछ। नयाँ ज्ञान र सिप सिक्ने मौका छ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ।
भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। शिवजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
मिथुन : श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ। नियमित खर्च बढ्ने योग छ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। गणेशजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
कर्कट : रोकिएका काम पुनः सुरु हुनेछन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ।
भाग्यशाली रङ आकासे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। हनुमानजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
सिंह : शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। मनोरञ्जनको क्षेत्रमा सहभागी भइनेछ। पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ। आफ्नो निर्णयमा विश्वास गर्नुहोला।
भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। गणेशजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
कन्या : स्वादिष्ट भोजनको अवसर मिल्नेछ। रोकिएका काम पुनः सुरु हुने छन्। कहीँकतैबाट उपहार प्राप्त होला। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।
भाग्यशाली रङ हरियो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
तुला : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। प्रेमीले भरपुर सहयोग गर्ने छन्। साँझमा धन हात पर्न सक्छ। ‘फरक सोचले नै सफलता मिल्नेछ’ भन्ने कुरालाई ध्यान दिनुहोला।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। विष्णु भगवान्को स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
वृश्चिक : अतिथिका रूपमा सम्मान पाइनेछ। घरायसी मनोरञ्जन हुनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। साँझमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।
भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६०, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
धनु : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। प्रेमीको सहयोग पाइनेछ। आँटे-ताकेको कार्य पूरा हुनेछ। व्यापार-व्यवसाय र सेयर बजारबाट राम्रै फाइदा मिल्नेछ।
भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
मकर : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ ज्ञान र सिप सिक्ने मौका मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ। वैदेशिक व्यापार र नोकरी गर्नेका लागि दिन सन्तोषजनक रहनेछ। कुनै कुराले अनुहारमा कान्ति छाउनेछ।
भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
कुम्भ : अल्छीपन नत्यागेमा आँटेको काममा सफलता मिल्ने छैन। स्वास्थ्यमा समस्या आउन सक्छ। तीर्थाटनको योग छ। साँझमा प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। रोकिएका काम पुनः सुरु हुने छन्।
भाग्यशाली रङ रातो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
मीन : परिवारजनको साथले नयाँ आशा पलाउनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। सेयर बजारबाट फाइदा हुनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला। दृढ निश्चय नै जितको पहिलो पाइला हो भन्ने कुरा मनन गर्नुहोला।
भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
Shares

प्रतिक्रिया