समाज


दरबारमार्गको उडल्यान्ड होटलमा लागेको आगो नियन्त्रणमा

दरबारमार्गको उडल्यान्ड होटलमा लागेको आगो नियन्त्रणमा

फाइल तस्बिर


नेपालखबर
माघ १५, २०८२ बिहिबार ११:५३, काठमाडौँ

काठमाडौँको दरबारमार्गस्थित उडल्यान्ड होटलमा लागेको आगलागी नियन्त्रणमा आएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्तासमेत रहेका एसपी पवन भट्टराईका अनुसार बिहीबार बिहान १०ः१५ बजे लागेको आगो केहीबेरअघि नियन्त्रणमा आएको हो। 

‘आगलागी नियन्त्रणमा पाँचवटा दमकलसहित प्रहरी खटिएका थिए,’ एसपी भट्टराईले भने, ‘आगलागीबाट होटल पूर्णरुपमा जलेको छ। क्षतिको विवरण भने आइसकेको छेन।’

उडल्यान्ड होटेलको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा आगलागी भएको उनले बताए। 

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad