समाज


निर्वाचनमा कुनै पनि दलको पक्ष नलिन सशस्त्र प्रहरीलाई महानिरीक्षक अर्यालको निर्देशन

निर्वाचनमा कुनै पनि दलको पक्ष नलिन सशस्त्र प्रहरीलाई महानिरीक्षक अर्यालको निर्देशन

नेपालखबर
माघ १५, २०८२ बिहिबार १९:५३, काठमाडौँ

आगामी प्रतिनिधि सभाको निर्वाचनमा कुनै पनि दलको पक्ष नलिएर काम गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिएका छन्।

निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतको सम्मेलनलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले निष्पक्ष भएर काम गर्न निर्देशन दिएका हुन्। निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका सबै उम्मेद्वारसँग सम्पर्कमा रहिरहन र निर्वाचन भएरहीत शान्तिपूर्ण तथा निश्पक्ष रुपमा सम्पन्न गराउन सुरक्षा सर्तकता अपनाउन पनि निर्देशन दिएका छन्। 

सशस्त्र प्रहरीको प्रधान कार्यालयमा बिहीबार निर्वाचन लक्षित बरिष्ठ अधिकृत सम्मेलन भएको हो। सम्मेलनममा सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण बाहिनीपतिहरू भर्चुल माध्यमबाट सहभागी भएका थिए।

सम्मेलनमा बोल्दै महानिरीक्षक अर्यालले फिल्डमा खटिएका कमान्डर निर्वाचन लक्षित सुरक्षा कारबाही गर्न स्वतन्त्र रहेको बताए। त्यस्तै, निर्वाचनको लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई मर्यादित र सभ्य व्यवहार गर्दै निर्वाचनमा परिचालित हुन पनि उनले निर्देशन दिएका छन्। 

सम्मेलनमा आगामी निर्वाचन लक्षित सुरक्षा चुनौति, विध्यमान परिस्थतिलगायत विविध विषय र निर्वाचनको समयमा कुनै पनि मानविय क्षति हुन नदिनेतर्फ अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग् पनि निरन्तर समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad