काठमाडौँमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई युवकको मृत्यु भएको छ।
गए राति गोकर्णेश्वर नगरपालिका-८, गोकर्ण जनसाहरा चोकमा बा. ७३ प १२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट घर भई काठमाडौँको टोखाका बस्ने २६ वर्षीय रामबहादुर तामाङ घाइते भएका थिए।
गम्भीर घाइते भएका रामबहादुरलाई उपचारका लािग राष्ट्रिय ट्रमा सेन्टर भर्ना गरिएको थियो। उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
त्यस्तै, काठमाडौँ महानगरपालिका-११, बबरमहलमा बा. प्र ०२-०६१ प ७२३३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका १८ वर्षीय राहुल श्रेष्ठको पनि उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ।
धादिङ घर भई तारकेश्वर नगरपालिका-४, गुहेश्वरीमा बस्दै आएका राहुलको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
Shares

प्रतिक्रिया