समाज


यस्तो छ आजको मौसम प्रक्षेपण

यस्तो छ आजको मौसम प्रक्षेपण

नेपालखबर
माघ १७, २०८२ शनिबार ९:५, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यतिबेला (शनिबार बिहान) तराई भूभागका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ भने कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र  सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा मौसम आंशिक बदली छ।

बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

यस्तो छ आजको मौसम प्रक्षेपण-

दिउँसोः तराई भूभागका थोरै स्थानमा हुस्सु/कुहिरो रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली हुनेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना हुने छ।

राति: तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ। कोसी, मधेस र बागमती प्रदेशलगायत बाँकी हिमाली भूभागमा मौसम आंशिक बदली हुनेछ र बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad