१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँकेकै खजुरा गाउँपालिका-७ घर भई बैजनाथ गाउँपालिका-६ एच गाउँ बस्ने ३० वर्षीय अंगतराम अहिर छन्।
पीडित पक्षको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आफूलाई अहिरले जबरजस्ती करणी गरेको जानकारी किशोरीले गराएपछि अभिभावकले प्रहरीमा जाहेरी दिएका थिए।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
201
Shares

प्रतिक्रिया