यतिबेला (आइतबार बिहान) तराईका अधिकांश स्थानमा हुस्सु-कुहिरो लागिरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पनि तराई भूभागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ।
अनि कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा मौसम साधारणतया बदली (आकाशमा बादल) हुनेछ। कोसी प्रदेशलगायत बाँकी हिमाली भूभागमा मौसम आंशिक बदली (पातलो बादल) लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
साथै आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना पनि छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति पनि देशका तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ।
अनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
साथै राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
हेर्नुहोस् मौसम प्रक्षेपण

Shares

प्रतिक्रिया