समाज


मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु, १ घाइते

मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु, १ घाइते

नेपालखबर
माघ १८, २०८२ आइतबार १४:९, काठमाडौँ

कपिलबस्तु र गोरखामा भएका मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ।  अर्का एकजना घाइते भएका छन्। 

कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ देवानगढीयामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु भएको छ। 

लु.१९ प ५८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर गएराति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक कृष्णनगर नगरपालिका-८ देवानगढीया बस्ने २२ वर्षीय विरेन्द्र हरिजन छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरि गोरखाको आरूघाट गाउँपालिका-३ घुमाउनेमा पनि मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

ग.१८ प ३५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक धार्चे गाउँपालिका-२ केरौजा बेसी बस्ने ३० वर्षीय मनबहादुर गुरूङको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको आरूघाट आधारभूत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad