समाज


राशिफल २० माघ : वृषको घरायसी वातावरण बिग्रने, कर्कटको रोकिएका काम सुचारु, तपाईँको के?

राशिफल २० माघ : वृषको घरायसी वातावरण बिग्रने, कर्कटको रोकिएका काम सुचारु, तपाईँको के?

ज्यो. मेनुका दाहाल
माघ २०, २०८२ मंगलबार ४:३९, काठमाडौँ

आज मङ्‌गलबार, २० माघ २०८२ (३ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: वाणीमा कुशलता आउनेछ। सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। मन मिल्ने साथीको सुझावले करिअरको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७९ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। उत्तर दिशाको यात्रा नगर्ने।

वृष: घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। राजनीतिक कार्यमा व्यवधान आउनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४९, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। जोखिम होइन, रणनीति रोज्नु बेस हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६४, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कर्कट: धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुन सक्छ। रोकिएका काम पुनः सुरु हुनेछन्। नसोचेको ठाउँबाट धन हात पर्नेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोको व्यक्तिलाई भोजन दिने। उत्तर दिशा नजाने।

सिंह: लाभदायक यात्रा रहनेछ। कामको सन्दर्भमा आउने प्रतिस्पर्धीलाई किनारा लगाउँदै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। घरमा अतिथिको आगमन हुनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कन्या: मन खिन्न हुने स्थिति आउनेछ। महत्त्वपूर्ण योजना गोप्य राखेर अघि बढ्नुहोला। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। मालसामान हराउन सक्छ। हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला।

भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४२, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ५० र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले कमिला वा माछालाई चारो खुवाउने। कालो रङको प्रयोग नगर्ने।

तुला: आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। निरन्तरतालाई नै आफ्नो शक्ति बनाउनुहोला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर छ। घरमा कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिने सम्भावना छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

धनु: भाग्यले साथ दिनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह हुनेछ। आफन्तजनबाट खुसीको समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर: कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ। साँझमा साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। दुवै पक्षको कुरा सुनेर मात्र बोल्नुहोला।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ४७, सेयर बजारमा ४६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ: परिणाममुखी जिम्मेवारी वहन गर्ने समय छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। मिष्ठान्न भोजन प्राप्त होला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मीन: पुनर्मिलनको योग छ। रोकिएको काम दोहोर्‍याएर गर्दा पूर्ण हुनेछ। टाढिएका मित्रसँग नजिकिने समय छ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। कर्मलाई धर्म मानेर अघि बढ्नुहोला।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad