समाज


बालेन स्तब्ध बनेको त्यो ११ मिनेट

बालेन स्तब्ध बनेको त्यो ११ मिनेट

गोकुल जोशी
माघ २०, २०८२ मंगलबार १५:३५, कञ्चनपुर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनाव केन्द्रित सुदूरपश्चिम यात्रा सुखद रहेन। उनका लागि मंगलबारको त्यो बिहान केवल एक चुनाव प्रचारको घडी मात्र रहेन, बरु एक मानवीय संवेदनाको कठिन परीक्षा पनि भइदियो।

अछामको मंगलसेनमा गाडीबाट ओर्लनासाथ अचेत भएका उनका हितैशी पत्रकार दिनेश सिटौलालाई मृत्युको मुखबाट जोगाउन बालेनले राज्यका संयन्त्रदेखि हेलिकप्टरलाई समेत युद्धस्तरमा परिचालन गरेका थिए। 

त्यो दिन के के भएको थियो? हामीले अछाम जिल्ला प्रहरी, जिल्ला अस्पतालका चिकित्सक, कर्मचारी र स्थानीयसँग कुरा गर्दा यस्तो तथ्य भेटियो।

बेहोस भएको पत्रकार सिटौलालाई अस्पताल बाहिर ल्याएर हेलिकप्टरसम्म पुर्‍याउन लागेको ११ मिनेटको समय बालेन निकै स्तब्ध देखिएका थिए। बिहान ११:२१ बजेमा हेलिकप्टर अछामबाट सुर्खेततर्फ उडेको थियो। 

टाइम लाइन:

माघ १५ गते : अछामको साँफेबगर हुँदै डोटीको सिलगढीस्थित गेस्ट हाउसमा राति ८:५० बजे बास बसे।

बिहान ६:४० बजे : सिलगढीबाट अछामका लागि प्रस्थान।

बिहान ९ बजे : अछामको साँफेबगर, बयलपाटा, बान्नीगढ जयगढ हुँदै मंगलसेनस्थित भूपदेव शाहको घरमा पुगे। त्यहीँ गाडीबाट ओलिर्ने क्रममा दिनेश सिटौला बेहोस भए।

बिहान ९:२० बजे: जिल्ला अस्पताल, मंगलसेनमा सिटौलालाई भर्ना गरियो। अस्पतालका अनुसार उनको अवस्था अचेत थियो। बाहिरी चोटपटक थिएन। ‘हर्टबिट’ थिएन।

कृत्रिम श्वास दिँदा मुटु र फोक्सोले काम गर्न थाल्यो। टाउकोमा फुटेर मष्तिष्कले कामै नगरेको जस्तो चिकित्सकले अनुमान लगाए।

टाउकाको उपचार सुरु गर्न सीटी स्क्यान गर्नुपर्ने थियो। थप उपचारका लागि न्यूरो सर्जन आवश्यक पर्थ्यो। म‌ंगलसेन अस्पतालमा त्यो सुविधा थिएन। चिकित्सकले काठमाडौँ लैजान सुझाव दिए।

बिहान १० बजे : जिल्ला प्रशासन कार्यालयको संयोजनमा हेलिकप्टरको मगाइयो।

बिहान ११ बजे : हेलिकप्टर साँफेबगर अवतरण।

बिहान ११:२१ बजे : अछामबाट दिनेश सिटौलालाई लगेर हेलिकप्टर उड्यो।

माघ १८ गते : काठमाडौँको ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन।

यो पनि:

  •  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad