अरनिको राजमार्गमा पर्ने काभ्रेको पाँचखाल नगरपालिका–४ लामिडाँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
बा.प्र ०२–०३० प ८०१३ नम्बरको मोटरसाइकललाई बाह्रबिसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४३ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का २८ वर्षीय सुशील आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीचौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए।
दुर्घटनापछि बसका चालकलाई नियन्त्रणमा लिए घटनाबारे थप आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
129
Shares

प्रतिक्रिया