समाज


नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, आज कस्तो होला मौसम?

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, आज कस्तो होला मौसम?

पश्चिमी वायुको प्रतीकात्मक तस्बिर


नेपालखबर
माघ २४, २०८२ शनिबार ८:२७, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यतिबेला (शनिबार बिहान) तराई भूभागका धेरै स्थान तथा उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ भने कोसी प्रदेशलगायत देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसम आंशिक बदली (पातलो बादल) छ।

दिउँसो र रातिचाहिँ कस्तो होला त मौसम?

यस्तो छ मौसम महाशाखाको प्रक्षेपण-

दिउँसोः तराई भूभागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागमा मौसम साधारणतया बदली (आकाशमा बादल) हुनेछ भने बाँकी स्थानमा मौसम आंशिक बदली हुनेछ। अनि कोसी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

राति: तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा मौसम आंशिक बदली हुनेछ भने बाँकी भूभागको मौसम मुख्यतया सफा (बादल नलाग्ने) रहनेछ। अनि कोसी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

यो पनि : बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad