समाज


सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक २० लाखभन्दा बढी

सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक २० लाखभन्दा बढी

नेपालखबर
माघ २५, २०८२ आइतबार १४:३४, काठमाडौँ

सामाजिक सुरक्षा भत्ता कार्यक्रमबाट २० लाखभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भइरहेका छन्। 

आईतबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्यालले सामाजिक सुरक्षा भत्तासम्बन्धी तथ्यांक जानकारी गराएकी हुन्। देशभर २० लाख नौ हजार १६९ जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बुझिरहेको अर्यालले बताइन्। 

ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरीय र सम्मानित बनाउन थप विशेष व्यवस्था आवश्यक रहेको विषयमा जरुरी सार्वजनिक महत्त्वको प्रश्तावमाथि छलफलमा बोल्दै उनले सरकारले ज्येष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन्। 

त्यस्तै, ७० वर्षभन्दा माथिका मात्रै १६ लाख ६० हजार ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाइरहेको उनले जानकारी दिइन्। साथै ६० वर्ष पूरा गरेका एक लाख ६१ हजार दलित ज्येष्ठ नागरिक, एक लाख ७१ हजार एकल महिला र तोकिएको क्षेत्रमा ६० वर्ष पूरा गरेका १७ हजार १६९ ज्येष्ठ नागरिक पनि सामाजिक सुरक्षाको दायरामा छन्। 

सबै लाभग्राही ज्येष्ठ नागरिकले मासिक चार हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको अर्यालले जानकारी दिइन्। सबै सार्वजनिक सवारी साधनमा कम्तीमा दुई सिट ज्येष्ठ नागरिकको लागि सुरक्षित गरिएको तथा यात्रुवाहक भाडादरमा न्युनतम ५० प्रतिशत छुट उपलब्ध गराइएको उनले बताइ्न। 

स्वास्थ्य सेवातर्फ सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकका लागि बहिरंग र अन्तरंग सेवामा निश्चित सेवा सहितको शैय्या वार्डको व्यवस्था गरिएको उनको भनाइ छ। उपचार शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था लागू गरिएको उल्लेख गर्दै हाल ७७ जिल्लाका ९४ वटा अस्पतालबाट यस्तो सेवा प्रवाह भइरहेको उनले बताइन्। 

यस्तै, ७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकका लागि एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइए पनि सेवा प्रवाहको प्रभावकारितामाथि प्रश्न उठिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad