समाज


उत्कृष्ट टिकटक भिडिओ बनाउने ३ जनालाई निर्वाचन आयोगले पुरस्कृत गर्ने, यस्ता छन् शर्त

उत्कृष्ट टिकटक भिडिओ बनाउने ३ जनालाई निर्वाचन आयोगले पुरस्कृत गर्ने, यस्ता छन् शर्त

नेपालखबर
माघ २७, २०८२ मंगलबार ८:२७, काठमाडौँ

उत्कृष्ट टिकटक भिडिओ बनाउने ‘कन्टेन्ट क्रियटर’लाई निर्वाचन आयोगले ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ। 

निर्वाचन आयोगले आज सूचना जारी गर्दै आगामी फागुन २१ गते हुने निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षासम्बन्धी उत्कृष्ट भिडिओ बनाउनेलाई पुरस्कृत गर्ने जनाएको हो। 

आयोगका अनुसार निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषयमा आधारित भएर भिडिओ निर्माण गर्नुपर्नेछ। त्यस्ता भिडिओ एक मिनेटसम्म अवधिको हुनुपर्ने आयोगले जनाएको छ। 

‘त्यससरी बनाएका टिकटक भिडिओ आफ्नो टिकटक, फेसबुक तथा यूट्युब एकाउन्टमा राख्नुपर्नेछ,’ आयोगको सूचनामा भनिएको छ, ‘२०८२ फागनु ३ गतेदेखि १७ गतेसम्म आयोगको इमेल ठेगाना मा पठाउनुहोस्। आयोगमा प्राप्त भएका भिडिओहरुमध्ये सबैभन्दा बढी भ्यूअर्स भएका उत्कृष्ट तीनवटा भिडिओलाई आयोगको तर्फबाट क्रमशः जनही ५० हजार, ३० हजार र २० हजारका दरले पुरस्कृत गरि प्रमाणपत्रसमेत प्रदान गरिनेछ।’

भिडिओ निर्माताले आयोगले तोकेका सातवटा शर्त पालना गर्नुपर्ने सूचनामा उल्लेख छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad