समाज


पैदलयात्रुलाई मुक्का हान्ने कार चालक पक्राउ

पैदलयात्रुलाई मुक्का हान्ने कार चालक पक्राउ

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १६:५४, काठमाडौँ

काठमाडौँको महाराजगञ्जमा पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कार चालक पक्राउ परेका छन्। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार कार चालक पारस बमलाई पक्राउ गरेको एसएसपी नवराज अधिकारीले बताए।

उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी गरिएको छ। 

बालुवाटर घर भएका ४२ वर्षीय बम पेसाले इन्जिनियर भएकाे खुलेको छ।

मादक पदार्थ सेवन गरेका पैदलयात्रुले आफूलाई तथानाम भनेको र सँगै दिदीबहिनी भएका कारण सहन नसकी उनलाई धकेलेको बमको भनाई उदृत गर्दै प्रहरीले बताएको छ।

बा३च ११०३ नम्बरको कार चालक बमले महाराजगञ्ज चप्पल कारखाना नजिकै एक पैदलयात्रुलाई दुई पटकसम्म थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad