अनेरास्ववियूले उठाएका विभिन्न शैक्षिक तथा व्यवस्थापन सम्बन्धी माग सम्बोधन गर्न कान्तिपुर सिटी कलेज प्रशासन सहमत भएको छ।
शुक्रबार भएको वार्तापछि क्याम्पस प्रशासन र अनेरास्ववियू क्याम्पस कमिटीबीच सहमति जुटेको हो। अनेरास्ववियू क्याम्पस कमिटीले पोशाक शुल्क, खेलमैदान व्यवस्थापन, स्वागत कार्यक्रमको पारदर्शिता, खेलकुद सप्ताह सञ्चालन, पूर्वाधार सुधार तथा शिक्षक मूल्यांकन फाराम कार्यान्वयन लगायत विषयमा ध्यानाकर्षण गराएको थियो।
सहमति अनुसार पोशाक सम्बन्धी शुल्कमा स्पष्ट व्यवस्था गरिने, खेल मैदान र पार्किङ व्यवस्थापन सुधार गरिने, स्वागत कार्यक्रमको आय तथा व्यय पारदर्शी रूपमा सार्वजनिक गरिने तथा खेलकुद सप्ताह तोकिएको समयभित्र गर्ने निर्णय भएको छ। त्यस्तै, कलेजका विभिन्न पूर्वाधार सुधारका काम, हलमा एसी जडान, पानी डिस्पेन्सरको व्यवस्था, साउन्ड सिस्टम व्यवस्थापन, शौचालय मर्मत तथा प्रयोगशाला सामग्री व्यवस्थापन निर्धारित समय भित्र गर्ने सहमति भएको छ।
दुवै पक्षबीच आपसी समझदारी र सहमतिका आधारमा समस्या समाधानतर्फ सकारात्मक पहल भएको अनेरास्ववियू कान्तिपुर सिटी क्याम्पस कमिटीका अध्यक्ष रोहन माझीले बताए। सहमतिसँगै क्याम्पसको शैक्षिक तथा प्रशासनिक वातावरण थप व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गरिएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया