समाज


५ दिनमै संखुवासभामा अर्को भूकम्प

५ दिनमै संखुवासभामा अर्को भूकम्प

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार ८:१८, काठमाडौँ

संखुवासभामा पाँच दिनमै अर्को भूकम्प गएको छ। 

संखुवासभा र ताप्लेजुङ सीमाक्षेत्र केन्द्रबिन्द आज बिहान भूकम्प गएको हो। 

शुक्रबार बिहान ३ बजेर १८ मिनेट जाँदा ताप्लेजुङको सीमा नजिक संखुवासभाको टोप्केगोला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

केन्द्रका बरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीकाअनुसार यो भूकम्प ४.७ म्याग्निच्युड मापन गरिएको छ। 

भूकम्पको धक्का संखुवासभा, ताप्लेजुङसहितका जिल्लामा महसुस गरिएको अधिकारीले बताए। 

यो भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षति भएको कुनै सूचना प्राप्त भएको छैन।  

यही फागुन १० गते पनि संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर  भूकम्प गएको थियो।

गएको आइतबार बिहान ७ः३१ बजे रिताक केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो। 

यसअघि गएको माघ २७ गते पनि ताप्लेजुङको कञ्चनजङ्गा आसपास क्षेत्र केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

माघ २८ गते नै लमजुङको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो। 

नेपाल हिमालय क्षेत्र भएकाले यहाँ बारम्बार सानाठूला भूकम्प जाने गरेको भूकम्पविद्हरू बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad