समाज


होली मनाउने क्रममा कैलालीमा दुई समूहबिच झडप, २ प्रहरीसहित केही घाइते

६ राउन्ड हवाई फायर, १२ जना पक्राउ
होली मनाउने क्रममा कैलालीमा दुई समूहबिच झडप, २ प्रहरीसहित केही घाइते

नेपालखबर
फागुन २०, २०८२ बुधबार ६:७, काठमाडौँ

होली मनाउने क्रममा कैलालीको धनगढीमा दुई समूहबिच मंगबार साँझ झडप भएको छ। 

धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा दुई पक्षबिच भएको झडप नियन्त्रणमा लिने क्रममा दुई प्रहरीसमेत घाइते भएका छन्।

इन्स्पेक्टर बलराम पाण्डे र असई डबल साउद घाइते भएका हुन्। उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ। झडपमा संलग्न १२ जनालाई पक्राउ गरिएको कैलालीका एसपी नरेन्द्र चन्दले जानकारी दिए। 

झडपमा संलग्न कालुराना थारुसहित अन्य व्यक्ति पनि घाइते भएका छन्। झडप सुरु भएपछि स्थितिलाई नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ।

झडपका क्रममा प्रहरीको एउटा सवारी साधनमा समेत सामान्य क्षति पुगेको छ। 

होली मनाउने क्रममा दुई टोलका युवाबिच पुरानो रिसइबीको निहुँमा झडप भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad