समाज


रोल्पामा किट नभएपछि कोरोनै नजाँची साढे ७ हजार जनालाई पठाइयो घर

रोल्पामा किट नभएपछि कोरोनै नजाँची साढे ७ हजार जनालाई पठाइयो घर

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ५:४,

रोल्पाका विभिन्न क्वारेन्टिनमा राखिएका व्यक्तिलाई स्वास्थ्य परीक्षण नै नगरी धमाधम घर पठाइएको छ।

अहिलेसम्म त्यस्ता ७ हजार ७ सय २१ सर्वसाधारणलाई कोरोनाको परीक्षण नै नगरी घर पठाइसकिएकाे छ। 

कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टिनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको वडा नं ४ का वडाध्यक्ष नवराज आचार्यले बताए।

‘जिल्ला बाहिरबाट आएकाहरुलाई १४ दिन क्वारिन्टनमा राखेर एक साता घरमा सेल्फ आइसोलेसनमा रहन भनेका छौं,’ आचार्यले भने। कोरोना भाइरस आरडिटी किट अभाव भएपछि सामान्य स्वास्थ्य परीक्षण गरी घर पठाइएको जनस्वास्थ्थ प्रमुख अनिल केसीले बताए।

लकडाउन अवधिभर काठमाडौंलगायत अन्य स्थानबाट हजारौं मजदुर जिल्ला आएका थिए।

कोभिड –१९ को आशंकामा सोमबारसम्म २८ हजार ८८७ जनाको सामान्य जाँच गरिएको छ। १ हजार ५ सय ७६ क्वारेन्टिन बेड रहेको रोल्पामा हालसम्म १८७ महिला र २९२ पुरुष क्वारेन्टिनमा रहेको जिल्ला प्रशासनले कार्यालयले जनाएको छ। आज मात्रै ३१० जना घर फर्किएका छन् भने १७ जना थपिएका छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad