नेपालकै सबैभन्दा बढी कोरोना संक्रमण देखिएकाे उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा एकै परिवारमा ५ जना संक्रमित पाइएका छन्।
उदयपुर स्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणमै २८ सङ्क्रमित देखिएको भुल्केमा एकै परिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमती सङ्क्रमित देखिएका हुन्।
सुरुमा ६८ वर्षीया हजुरआमा, १८ वर्षीया नातिनी र ३८ वर्षीय ज्वाइँ कोरोना सङ्क्रमित देखिएको परिवारमा गत शनिबार ४५ वर्षीय श्रीमान् र ४३ वर्षीया श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएकाे उदयपुर स्वास्थ्य कार्यालयले जनाएको छ।
अहिलेसम्ममा नेपालकै सबैभन्दा बढी ३२ जनामा कोरोना सङ्क्रमण देखिएको भुल्केका ५५ घर मुस्लिम परिवारमध्ये दुई-तीन घरका सङ्क्रमित एउटै घरका रहेको कार्यालयले बताएको छ।
हालसम्ममा भुल्केमा ३२ सङ्क्रमितमध्ये ६ भारतीय जमाती, ८ स्थानीय गरी १४ जना निकाे भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी २२ जनाको कोशी अस्पताल कोरोना उपचार केन्द्र विराटनगरमा उपचार भइरहेको छ।
मुस्लिम परिवार र ३०० घर अन्य समुदाय रहेको भुल्केमा अहिलेसम्म ५५ मुस्लिम घरबाहेक अन्य समुदायमा भने कोरोना सङ्क्रमण पुष्टि नभएको कार्यालयले जनाएको छ।रासस
Shares

प्रतिक्रिया