ललितपुर महानगरपालिका –१३ कुसुन्ती हाइटबाट चितुवाको उद्धार गरिएको छ।
माछापुच्छ्रे स्कुलमा पसेको सो चितुवालाई जिल्ला वन कार्यालयसँग समन्वय गरि जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।
विद्यालयमा चितुवा पसेको खबर पाउनासाथ सदर चिडियाखाना र जिल्ला वन कार्यालयसँग समन्वय गरेर प्रहरीले विद्यार्थीलाई सुरक्षित स्थानमा सारेको थियो
सो चितुवालाई सदर चिडियाखाना जावलाखेलमा पठाइएको छ।

प्रतिक्रिया