समाज


मौसम गर्मीतर्फ उन्मुख, यस्तो छ तापक्रम

मौसम गर्मीतर्फ उन्मुख, यस्तो छ तापक्रम

नेपालखबर
फागुन २७, २०८२ बुधबार २१:२२, काठमाडौँ

हिउँद सकिएयता देशभर तापक्रम बढ्दै गएको छ र मौसम गर्मीतर्फ उन्मुख भएको छ। 

यसै क्रममा तराईतिर त अधिकतम तापक्रम झन्डै ३३ डिग्री सेल्सियसमा उक्लिसकेको छ। 

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार आज (बुधबार) सबैभन्दा बढी अधिकतम तापक्रम जनकपुरमा ३२.८ डिग्री सेल्सियस छ। 

यस्तै डोटीको दिपायलमा पनि अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सियसमा उक्लेको छ भने विराटनगर, धनगढी, नेपालगन्ज, भैरहवा, सिमरा, धरान र चन्द्रगढीमा यो तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि छ।

काठमाडौँ उपत्यकामा समेत आज अधिकतम तापक्रम २५.८ डिग्री सेल्सियसमा चढेको छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।

 

हेर्नुहोस् तापक्रम सूची

नेपालमा यही मार्च १ अर्थात् फागुन १७ देखि हिउँद अर्थात् विन्टर सकिएर प्रि-मनसुन सिजन लागेको छ। 

अब मनसुन अर्थात् बर्खा सुरु नहुँदासम्म यही सिजन रहन्छ। यो सिजनमा चाहिँ हावाहुरी, मेघगर्जन, चट्याङसहित वर्षा हुने हुन्छ। अनि तापक्रम बढ्दै जान्छ। 

मौसमविद्का अनुसार प्रि-मनसुन ३ महिना-मार्च, अप्रिल र मेसम्म रहन्छ। 

यसपछि जुन महिनादेखि मनसुन अर्थात् बर्खा लाग्छ। वर्षायाम ४ महिना- जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ।

मनसुन सकिएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ।

अनि डिसेम्बरदेखि फेरि विन्टर अर्थात् जाडो याम लाग्छ।

नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ: प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad