संक्रमितको संख्या तीव्ररुपमा बढ्दै गएपछि प्रदेश २ का बारा र पर्सा जिल्लामा आज (मंगलबार) साँझदेखि निषेधाज्ञा लागु गरिएको छ।
आज मंगलबार नै पर्साका ३९ र बाराका १ जनामा संक्रमण पुष्टि भएको थियो।
‘अहिले साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो,’ पर्सा जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्तले नेपालखबरलाई बताइन्।
पर्सा जिल्ला भरी मंगलबार राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम तथा औषधि उपचार बाहेक कुनैपनी व्यक्ति घर बाहिर निस्कन पाउने छैनन भने शान्ति सुव्यवस्था लगाएतका अत्यावश्यक सेवाबाहेक अन्य सम्पुर्ण पसल, उद्योग व्यापार व्यावसाय बन्द हुनेछन्।
3
Shares

प्रतिक्रिया