सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या घटनाको दबाब र प्रभावविना निष्पक्ष छानबिन गर्न वाईसीएयले माग गरेको छ।
बिहीबार वाईसीएलका अध्यक्ष पुष्प ओलीले प्रेस विज्ञप्ति जारी गरी यस घटनाप्रति ध्यानकर्षण भएको जनाएका छन्। यसमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न माग गरेका छन्।
‘घटनाको निष्पक्ष र गहिरो छानबिन गरी यसमा संलग्न जो-कोहीलाई पनि कडा भन्दा कडा कारबाही गर्न हामी जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै कुनै प्रकारको दबाब, प्रभाव वा पक्षपातविना निष्पक्ष रूपमा अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरी प्रशासनसमक्ष दृढ आग्रह गर्दछौँ।’
अनुसन्धानमा पक्षपातपूर्ण व्यवहार भएमा वा दबाबपूर्ण कामकारबाही भएमा विरोधमा उत्रिने जनाइएको छ। ‘निष्पक्ष छानबिनका लागि हाम्रो संगठनको पूर्ण सहयोग रहनेछ। तर, यदि अनुसन्धानमा पक्षपातपूर्ण व्यवहार वा दबाबपूर्ण कामकारबाही भएको पाइएमा त्यसको सशक्त विरोध गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ।
Shares

प्रतिक्रिया