समाज


एनआरएनएको १२ औँ विश्व सम्मेलन आजदेखि, हुनेछ सर्वसम्मत नेतृत्व चयनको प्रयास

एनआरएनएको १२ औँ विश्व सम्मेलन आजदेखि, हुनेछ सर्वसम्मत नेतृत्व चयनको प्रयास

नेपालखबर
फागुन ३०, २०८२ शनिबार ७:५०, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनअारएनए) को बहुप्रतीक्षित १२ औँ विश्व सम्मेलन आजदेखि शनिबारदेखि काठमाडौँमा सुरु हुँदैछ। सम्मेलनको उद्घाटन पछि शनिबार साँझदेखि नै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने संघले जनाएको छ।

नेतृत्वका लागि ठूलो विवाद र गुटबन्दीका कारण विभाजनको संघारमा पुगेको एनआरएनएको यो सम्मेलनले मुख्यत: सहमति र सहकार्यको खोजी गर्ने अपेक्षा छ। अध्यक्ष पदका लागि बेलायतबाट डा. हेमराज शर्मा र अमेरिकाबाट रविनराज बज्राचार्य चुनावी मैदानमा छन्।

अर्का उम्मेदवार रोविनप्रसाद शेरचनले डा.शर्मालाइ समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन्। अमेरिकाका उम्मेदवार बनेका बज्राचार्य व्यवसायी हुन् भने डा. शर्मा संघको विधान र नीतिगत पक्षमा दख्खल राख्ने पूर्वपदाधिकारी हुन्। दुवै उम्मेदवारले आ-आफ्नो प्यानलसहित विश्वभरका प्रतिनिधिहरूमाझ मत मागे पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको अध्यक्ष बद्री केसीले जानकारी दिए।

अध्यक्ष पदका एक जना प्रत्यासी डा. हेमराज शर्मा

संघका अध्यक्ष बद्री केसी र महेश कुमार श्रेष्ठले नेतृत्वमा सहमतिको प्रयास भइरहेको हो।

संघका अध्यक्ष बद्री केसीका अनुसार यसपटकको निर्वाचनमा विश्वभर रहेका ४ हजार २ सय ८६ प्रतिनिधिहरूले भौतिक तथा अनलाइन (भोटिङ) माध्यमबाट सहभागिता जनाउँदैछन्। संस्थालाई सबैको अपनत्व हुने गरी अगाडि बढाउन आफूहरू प्रतिबद्ध रहेको उनले बताए। 'विशेष गरी अध्यक्ष र महासचिव जस्ता पदहरूमा सहमतिको अधिकतम प्रयास भइरहेछ', उनी भन्छन्। 

जो निर्विरोध निर्वाचित भए
निर्वाचनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै केही महत्त्वपूर्ण पदहरूमा उम्मेदवारी नपर्दा वा दाबी फिर्ता भएपछि विभिन्न व्यक्तिहरू निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध हुनेहरूमा अधिकांश क्षेत्रीय र विशेष पदहरू रहेका छन्।

निर्वाचन समितिका अनुसार निर्विरोध हुनेहरूमा उपाध्यक्ष (महिला) तर्फ रोजिना प्रधान राई, सचिव (महिला) तर्फ राधिका गुरुङ र कोषाध्यक्ष (महिला) तर्फ संगीता मरहठ्ठा रहेका छन्। यस्तै, क्षेत्रीय संरचनातर्फ अफ्रिका क्षेत्रको संयोजकमा चक्रबहादुर थापा, ओसियाना क्षेत्रको संयोजकमा दीपक शर्मा र मध्यपूर्व क्षेत्रको संयोजकमा मनोजकुमार श्रेष्ठ निर्विरोध चयन भइसकेका छन्।

महिला र युवा संयोजकका केही क्षेत्रीय पदहरूमा पनि निर्विरोध चयन भएको छ, जसले गर्दा चुनावी प्रतिस्पर्धा अब मुख्य पदाधिकारीमा सहमति भए कार्यसमिति निर्विरोध निर्वाचित हुनेछ।

सम्मेलनमा सहभागी हुन विश्वका ८० भन्दा बढी देशबाट एनआरएनए प्रतिनिधिहरू काठमाडौँमा छन्। सम्मेलनले नेपालमा वैदेशिक लगानी भित्र्याउने, नागरिकताको निरन्तरता र प्रवासी नेपालीका हकहितका मुद्दामा छलफल गर्ने कार्यतालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad