समाज


काठमाडौँमा चिसो बढ्यो, आज पनि वर्षाको सम्भावना

काठमाडौँमा चिसो बढ्यो, आज पनि वर्षाको सम्भावना

नेपालखबर
चैत २, २०८२ सोमबार ६:४६, काठमाडौँ

अघिल्लो दिनको तुलनामा आज (सोमबार) काठमाडौँ उपत्यकामा चिसो बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियसमा झरेको हो। 

अझ यो सुरुवाती मापन मात्र हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा केही घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ यही कायम रहन पनि सक्छ। 

हिजो (आइतबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियस थियो। 

यसैबिच आज पनि काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना देखिएको मौसमविद् लामिछानेले जानकारी दिए। 

‘आज दिउँसोतिर काठमाडौँ उपत्यकामा पनि मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ’, उनले नेपालखबरसँग भने। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।

आइतबार यस्तो थियोे तापक्रम सूची:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad