समाज


तीव्र गतिका २ मोटरसाइकल ठोकिँदा २७ वर्षका युवकको मृत्यु, अर्का घाइते

तीव्र गतिका २ मोटरसाइकल ठोकिँदा २७ वर्षका युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
चैत २, २०८२ सोमबार १३:१०, काठमाडौँ

धनुषामा दुई मोटरसाइकल ठोकिँदा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्। 

मिथिला नगरपालिका-११ बाहुनमारामा म.प्र ०२-००८ प ८५८३ नम्बरको मोटरसाइकल र प्र.२.०२-००३ प ४४७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। 

दुर्घटनामा म.प्र २-००८ प ८५८३ नम्बरको मोटरसाइकल चालक मिथिला नगरपालिका-६ ढल्लेबर बस्ने २७ वर्षीय इन्द्रदेब महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका प्र.२-०२-००३ प ४४७१ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तीव्र गति र असावधानीको कारण दुई मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ। 

यसैबीच उदयपुरको, बेलकामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। 

बेलका नगरपालिका-२ गिदेरी खोलामा प्रदेश १-०४-००१ त १३३२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने अन्दाजी १८
वर्षीय सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad