भोजपुर र रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
रोल्पाको सुनिलस्मृती गाउँपालिका-७ तेवाङ भैसिपुरे बस्ने २४ वर्षीया कृष्णा पुनको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै घरमा बसिरहेको बेला सोमबार उनी चट्याङ लागेर गम्भीर घाइते भएका थिए।
उपचारको क्रममा उनको मृत्यु भएको हो।
त्यसैगरि चट्याङ लागेर भोजपुरको षडानन्द नगरपालिका– ९ भैँसेमा पनि एक युवतीको मृत्यु भएको छ।
स्थानीय २५ वर्षीया शर्मिला तामाङको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घरमै बसिरहेका वेला वर्षासँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको हो।
त्यसैगरि भोजपुरकै साल्पासिलिछो गाउँपालिका– ५ पिछम्मासोहरामा पनि हावाहुरीका कारण ढुंगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भोजपुर नगरपालिका– ९ देउरालीका आशिष तामाङ रहेका छन्। घटनामा अन्य दुईजना घाइते भएका प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया