समाज


सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोप: काठमाडौँबाट २३ वर्षका युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोप: काठमाडौँबाट २३ वर्षका युवक पक्राउ

नेपालखबर
चैत ४, २०८२ बुधबार १३:४४, काठमाडौँ

सामाजिक सञ्जाल फेसबुकमा महिलाको अश्लिल भिडिओ र फोटोहरू राखेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका- १ घर भई काठमाडौँ महानगरपालका-१६ बस्दै आएका २३ वर्षीय तपेन्द्र बिष्ट छन्। 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसपी दिपकराज अवस्थीकाअनुसार ती युवकले पीडित महिलाको तस्बिरसँगै चरित्र हत्या गर्ने उद्देश्यले अपमानजनक तथा अमर्यादित कन्टेन्ट निर्माण गरी पोस्ट गर्नुका साथै अपरिचित व्यक्तिका अश्लिल क्रियाकलापका  भिडिओमासमेत पीडित महिलाको नाम राखेर ‘होलीकाण्ड’ नाम दिँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। 

पीडित महिलाले दिएको उजुरीको आधारमा प्रहरीले बिष्टलाई पक्राउ गरेको हो। 

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा यही चैत २ गते काठमाडौँबाट पक्राउ गरेर अदालतबाट तीन दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको एसपी अवस्थीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad