उदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।
बुधबार बिहान पौने ११ बजेतिर उदयपुरगढी गाँउपालिका ६ कटारी चोकमा गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००५ प ८६०० नम्बरको मोटरसाइकललाई कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा.४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिएको हो।
टिपरको ठक्करबाट मोटरसाइकल चालक खोटाङको बराहपोखरी गाँउपालिका-५ बस्ने अन्दाजी ३० वर्षीय भुपाल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा संलग्न सवारी साधन अस्थायी प्रहरी पोष्ट नेपालटारको नियन्त्रणमा छन्। दुर्घटनापछि भागेका टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
924
Shares

प्रतिक्रिया