काठमाडौँमा बालेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका-४ सुकेधारामा बा.१५ च ८५५० नम्बरको बोलेरोले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मत्यु हुनेमा कपनको बालुवाखानी बस्दै आएका सर्लाही रामनगर गाउँपालिका-४ घर भएका ३६ वर्षीय विरेन्द्र साह छन्।
साहलाई बालेरोले मंगलबार ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
1.6k
Shares

प्रतिक्रिया