समाज


सिन्धुलीमा तीव्र गतिका २ मोटरसाइकल आपसमा ठोकिँदा एक चालकको मृत्यु, अर्का चालकसहित २ जना गम्भीर घाइते

सिन्धुलीमा  तीव्र गतिका २ मोटरसाइकल आपसमा ठोकिँदा एक चालकको मृत्यु, अर्का चालकसहित २ जना गम्भीर घाइते

नेपालखबर
चैत ५, २०८२ बिहिबार १०:४७, काठमाडौँ

सिन्धुलीमा तीव्र गतिका दुई मोटरसाइकल आपसमा ठोकिँदा एकजना चालकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। 

गएराति करिब नौ बजेतिर बीपी राजमार्गमा पर्ने सुनकोसी गाउँपालिका-६ घुमाउने चैनपुरमा चैनपुरबाट खाल्टेतर्फ आउँदै गरेको बा.प्र ०२-०२७ प ११०० र सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.३-०२-०१४ प ८३६० नम्बरको २२० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। 

दुर्घटनामा प्रदेश ३-०२-०१४ प ८३६० नम्बरको मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका-६ निवासी ४५ वर्षीय डल्ले माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको आत्मिय सामुदायिक अस्पताल खाल्टेमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा बाग्मती प्रदेश ०२-०२७ प ११०० नम्बरको मोटरसाइक चालक सिन्धुली सुनकोशी गाउँपालिका वडा-६ बस्ने ३२ वर्षीय कैलाश तोलाङ्गे र मोटरसाइकलको पछाडी सवार सोही ठाउँका ४९ वर्षीय दिपेन्द्र केसी घाइते भएका छन्। 

उनीहरु दुवैलाई आत्मिय सामुदायिक अस्पतालमा सामान्य उपचार गरि थप उपचारको लागि राति नै एम्बुलेन्सबाट काठमाडौँ ल्याइएको छ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलको कमाण्डमा पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो। 

तीव्र गतिको कारण दुर्घटना भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad