सिन्धुलीमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छन्।
बिहीबार साँझ घ्याङलेख गाउँपालिका-५ सिरडाँडा बस्ने ५४ वर्षीया बिमाया बिकलाई चट्याङ लागेको हो।
आफ्नै घरमा बसिरहेको बेला अचानक चट्याङ लाग्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि आफन्तले सुरुमा स्थानीय रामपुर स्वास्थ्य चौकीमा पुर्याएका थिए।
त्यहाँ उनको उपचार सम्भव भनएपछि राति नै धुलिखेल अस्तालतर्फ पठाइएको प्रहरीले जनाएको छ।
चट्याङले उनको बाँया हातमा चोट लाग्नुका साथै दुबै खुट्टा जललेका छन्।
78
Shares

प्रतिक्रिया