काठमाडौँ उपत्यकामा शुक्रबार दिउँसै बाक्लो कालो बादलले आकाश ढाकेपछि 'रात' परेजस्तै अँध्यारो भएको छ। केही बेरअघि सम्म घाम लागिरहेको उपत्यकामा अचानक मौसम बदलिएर मेघगर्जन र हावाहुरीसहित वर्षा सुरु भएपछि जनजीवन प्रभावित भएको हो।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा उपत्यकाको आकाशमा बाक्लो कालो बादल मडारिएको छ। दिउँसै अँध्यारो भएपछि सडकमा गुड्ने सवारी साधनहरूले 'हेडलाइट' बालेर यात्रा गर्नुपरेको थियो। कोटेश्वर, बानेश्वर, रत्नपार्क र चक्रपथ क्षेत्रमा गुड्ने सवारी साधनहरू दिउँसै बत्ती बालेर मन्द गतिमा गुडिरहेका छन्।
मौसम पूर्वानुमान महाशाखाले यसअघि नै पानी पर्ने प्रक्षेपण गरेअनुसार काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। उपत्यकामा तीव्र गतिको हावाहुरी चलेका कारण कतिपय स्थानमा पैदलयात्री र मोटरसाइकल चालकहरू सडकमै रोकिएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार, अहिले देशभर पश्चिमी वायुको सक्रियता बढेको छ। यो प्रि-मनसुनको समय भएकाले अचानक बादल लाग्ने र छोटो समयमा भारी वर्षा हुनु स्वाभाविक हो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो मौसम अपडेट:
आउने हप्ता देशभरीको मौसम कस्तो हुन्छ त ? हावाहुरी, असिना, पानी, चट्याङ र हिउँ कहाँ पर्ला ?#weeklyweather #BRIDGES pic.twitter.com/oh0Ovig8fw— Nepal Weather Forecast (@DHM_Weather) March 20, 2026६ चैत २०८२

प्रतिक्रिया