समाज


आज पनि सातै प्रदेशमा असिना पानी र हुरीको सम्भावना

आज पनि सातै प्रदेशमा असिना पानी र हुरीको सम्भावना

नेपालखबर
चैत ७, २०८२ शनिबार ८:२१, काठमाडौँ

यतिबेला (शनिबार बिहान ८ बजे) देशभर मौसम बदली (अधिकांश आकाशमा बादल लागेको) छ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हुरीबताससहित मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना/हुरीबताससहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। 

यस्तै राति पनि कोसी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ र बाँकी तराईमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशका केही स्थान, मधेस र बागमती प्रदेशलगायत बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा अनि हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

यसैबिच काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि मौसम धुम्म भएको छ। यहाँ पनि आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाले नेपालखबरलाई जानकारी दिएको छ। 

हिजो (शुक्रबार) पनि देशव्यापी वर्षा भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad