रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बीपी राजमार्गमा हलुका सवारीसाधन चल्न थालेका छन्।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाअन्तर्गत चारसयबेसी, गिम्दी, बाउन्ने र कालढुंगा क्षेत्रमा आज बिहान ३:३० बजेतिर खोलाको बाढी सडकमा पसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको थियो।
तर खोलाको बहाव घटेपछि सडकमा सामान्य मर्मत गरी हलुका र दुईपांग्रे सवारीसाधन सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।
यद्यपि सडक पूर्ण रूपमा सुरक्षित नभएकाले यात्रु तथा चालकलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरिएको छ।
सम्बन्धित निकायले सडक मर्मत जारी राखेका छन्।
84
Shares

प्रतिक्रिया