मानव धर्म सेवा समितिले शनिबार काठमाडौँमा सद्भावना सम्मेलन आयोजना गरेको छ।
सम्मेलनमा बोल्दै मानव धर्म सेवा समितिका अन्तराििष्ट्रय युवा आध्यात्मिक प्रवचक सुयश जी महाराजले सनातन धर्मले सत्संगको विचार धारालाई बढाउने र विश्व एक परिवार रहेको सन्देश दिने बताए। उनले सम्मेलनमा सत्संग र सेवाको महत्त्वबारे बोलेका थिए।

त्यस्तै, नेपाल मानव धर्म सेवा समिति केन्द्र प्रमुख महात्मा चमेली बाइजीले सबैको एउटै भावना भएकाले कार्यक्रमलाई सद्भावना सम्मेलन नाम दिइएको बताइन्। कार्यक्रममा बोल्दै डा. जय प्रकाश अग्रवालले मनको बन्धनबाट आत्मालाई मुक्ती दिनका लागि अध्यात्म नै आधार भएको जिकिर गरे।
यस्तै, उत्तम गिरीले जीवनको आधार अध्यात्म बनाएमा समाज परिवर्तन गर्न सम्भव हुने तर्क गरे। सद्भावना सम्मेलनमा मानव धर्म सेवा समितिका अध्यक्ष विनोदकुमार शर्माले स्वागत मन्तव्य राखेका थिए।
सम्मेलनमा युवा संगठनका कलाकारले सांस्कृतिक नृत्य र भक्ती संगीतका कलाकारले भजन प्रस्तुत गरेका थिए।
Shares

प्रतिक्रिया