समाज


सर्लाही र सिराहामा आगलागी, १६ लाखभन्दा धेरैको क्षति

सर्लाही र सिराहामा आगलागी, १६ लाखभन्दा धेरैको क्षति

फाइल तस्बिर


नेपालखबर
चैत १०, २०८२ मंगलबार १२:५२, काठमाडौँ

सर्लाही र सिराहामा आगलागी हुँदा १६ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ। 

सर्लाहीको हरिपुर नगरपालिका-५ मजुर्वा बस्ने अलि असगर अंसारीको घरमा सोमबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ। 

आगलागीबाट घरसँगै धनमाल जल्दा करिब १३ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको हो। 

त्यसैगरी सिराहाको सुखीपुर नगरपालिका-४ पोखरीया टोलमा पनि आगलागीबाट तीन लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ। 

सथनीय ५५ वर्षीय बिकाउ यादवले संचालन गरेको पोल्ट्री फर्ममा सोमबार राति आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad