समाज


इटहरीको क्याफेमा लागेको आगो निभाउन ५ वटा दमकल परिचालन

इटहरीको क्याफेमा लागेको आगो निभाउन ५ वटा दमकल परिचालन

नेपालखबर
चैत ११, २०८२ बुधबार ११:३८, विराटनगर

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको पूर्वाञ्चल क्याफेमा बुधबार बिहान भीषण आगलागी भएको छ। 

अत्यधिक भिडभाड हुने क्षेत्रमा रहेको क्याफेमा सल्किएको आगो निभाउनका लागि अहिले धरान, इनरुवा, इटहरी लगायत विभिन्न स्थानबाट पुगेका ५ वटा दमकलले आगो निभाइरहेका छन्।  

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, आगलागी नियन्त्रण गर्ने प्रयास अहिले पनि जारी छ। 

क्याफेभित्र कोही व्यक्ति अड्किएका छन् वा छैनन् यकिन भएको छैन। आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। 

 इटहरी उपमहानगरपालिकाको दमकल जेन्जी आन्दोलनको क्रममा आगजनी भएपछि दमकल आउन समय लाग्दा आगो फैलिएको स्थानीयले बताएका छन्। 

आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना सक्रिय छन्। 

इटहरी चोकको गोर्खा डिमार्टमेन्टनजिकै रहेको पूर्वाञ्चल क्याफे कोसी प्रदेशमै सर्वाधिक चलेको क्याफे हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad