समाज


अफगानिस्तानको अस्पतालमा आक्रमण, नवजात शिशुसहित २४ को मृत्यु

अफगानिस्तानको अस्पतालमा आक्रमण, नवजात शिशुसहित २४ को मृत्यु

नेपालखबर
जेठ १, २०७७ बिहिबार ६:१७,

नवजात शिशुको आमाको पनि मृत्यु भएको बीबीसील जनाएको छ। काबुलको अस्पतालको प्रसब वार्डमा आतंकवादी आक्रमण भएको जनाइएको छ।

यस आक्रमणमा स्वास्थ्यकर्मीको पनि मृत्यु भएको छ। १६ जना गम्भीर घाइते भएको उल्लेख गरिएको छ।

मंगलबार भएको यस आक्रमणको जिम्मा हालसम्म कसैले पनि लिएको छैन। अफगानिस्तानमा मंगलबार दोस्रो आक्रमण पनि भएको थियो। उक्त घटनामा भने ३२ जनाको मृत्यु भएको थियो।

अस्पतालमा भएको आक्रमणपछि त्यहाँका १९ बालबालिकालाई अर्कै अस्पतालमा भर्ना गरिएको थियो। यद्यपी ती बालबालिकाको पनि मृत्यु भएको हुने अनुमान गरिएको छ।

स्थानीयका अनुसार सुरुमा ठूलो बम विस्फोट भएको थियो त्यसपछि गोलाबारीको आवाज आएको थियो।

क़ाबुल हमला

अस्पतालमा भएको आक्रमणको यतिबेला विश्वभर आलोचना भइरहेको छ। राष्ट्रपति असरफ गनीले यतिबेला तालिबान र अन्य आतंकवादी संगठनविरुद्ध आक्रमक अभियान संचालन गर्न आदेश दिएका छन्।

हालैका दिनमा त्यहाँको विद्रोही समूह तालिबानसँग सरकारले शान्तिवार्ता गरिरहेको थियो। तालिबानले बन्दी रहेका सरकारी सेना हालै छाड्दा सरकारले तालिबान लडाकुलाई थुनामुक्त गरेको थियो।

यस कार्यले त्यहाँ शान्ति स्थापित हुने अनुमान गरिएको थियो। तर यस आक्रमणमा तालिबान संलग्न छ या छैन भन्ने केही खुलेको छैन। एजेन्सी

काबुल हमला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad