समाज


उदयपुरको जंगलमा महिलाको शव फेला, उनको खोजीका लागि प्रहरीमा परेको थियो निवेदन

उदयपुरको जंगलमा महिलाको शव फेला, उनको खोजीका लागि प्रहरीमा परेको थियो निवेदन

नेपालखबर
चैत १२, २०८२ बिहिबार ९:५९, उदयपुर

उदयपुरमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ। 

उक्त शव उदयपुरगढी गाउँपालिका-५ भोगरेनी बस्ने धनबहादुर राईकी श्रीमती ४६ वर्षीया सोममाया तामाङको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतकका श्रीमान धन बहादुर राईले बुधबार शवको पहिचान गरेका हुन्। 

गएको फागुन २१ गतेदेखि बेपत्ता सोममायाको शव बुधबार दिउँसो उदयपुरगढी गाउँपालिका-५ स्थित मवासी जंगलमा फेला परेको हो। 

जंगलमा सडेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि अस्थायी प्रहरी पोस्ट नेपालटारबाट गएको प्रहरीले शव परिक्षणको लागि अस्पताल पुर्‍याएको थियो। 

सोममायाको शव पोस्टमार्टमको लागि अहिले जिल्ला अस्पताल उदयपुरमा राखिएको छ। 

परिवारका सदस्यहरूका अनुसार सोममाया गएको फागुन २१ गते आफुखुशी घरबाट हिँडेर बेपत्ता भएकी थिइन्।

परिवारका सदस्यले खोजतलासको लागि यही चैत ३ गते प्रहरी चौकी उदयपुरगढीमा उनको फोटोसहितको हुलिया निवेदन दिएका थिए। 

उनको मृत्युको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad