समाज


काठमाडौँबाट जाँदै गरको गाडी तनहुँमा दुर्घटना, ९ जना घाइते

काठमाडौँबाट जाँदै गरको गाडी तनहुँमा दुर्घटना, ९ जना घाइते

फाइल तस्बिर


नेपालखबर
चैत १८, २०८२ बुधबार ८:४१, काठमाडौँ

तनहुँमा भएको सवारी दुर्घटनामा नौ जना घाइते भएका छन्। 

मंगलबार साँझ पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका-१२ कमलबारीमा काठमाडौँबाट दमौली तर्फ आँउदै गरेको बा.प्र.०१-००६ ख ७२०८ नम्बरको माइक्रोबस दुर्घटना हुँदा नौ जना घाइते भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार माइक्रोबस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।  

घाइतेहरूको रत्नहरी अस्पताल दमौली र प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

घाइतेमध्ये तीन जनाको अवस्था गम्भी छ। उनीहरूलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको छ।

यी हुन् घाइते यात्री 
१)    जिल्ला बाग्लुङ गलकोट न.पा. १ बस्ने वर्ष ३६ की अन्जु क्षेत्री. घाँटीमा र टाउकोमा चोट अवस्था सामान्य।
२)    जिल्ला रुपन्देहि तिलोत्तमा न.पा. ४ बुटवल बस्ने वर्ष २८ को रिकेश भण्डारी टाउको,घाँटीमा र दाँहिने हातमा  चोट अवस्था सामान्य।
३)  व्यास न.पा. १ भादगाँउ बस्ने वर्ष २५ की स्मारिका थापा बाँया हातमा चोट अवस्था सामान्य।
४)  व्यास न.पा.१ भादगाँउ बस्ने  छोरा वर्ष अं. २  का अर्पन थापा टाउकोमा चोट अवस्था मध्यम।
५)  व्यास न.पा. ९ झिमुवाटाबस्ने वर्ष ३५ की अमृता कार्की टाउकोमा र बाँया हातमा चोट अवस्था मध्यम।
६)  ऐ.ऐ.  बस्ने वर्ष ११ को निश्चल कार्की बाँया हातमा चोट अवस्था मध्यम रहेको।
७)  ऐ.ऐ. बस्ने वर्ष ११ को कुशल कार्की दाहिने खुट्टामा चोट अवस्था सामान्य।
८)  सह चालक जिल्ला स्याङजा हरिनास गा.पा. २ चिसापानी बस्ने वर्ष २५ को उदिप गुरुङ बाँया हातमा चोट अवस्था सामान्य।
९)  जिल्ला धादिङ त्रिपुरासुन्दरी गा.पा. ३ बस्ने वर्ष ३५ की चमेली सिटौला पाण्डे बाँया कुममा चोट अवस्था मध्यम।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad