समाज


मतदाता नामावली संकलन सुरु, राष्ट्रिय परिचयपत्र भएमा अनलाइनबाटै दर्ता

मतदाता नामावली संकलन सुरु, राष्ट्रिय परिचयपत्र भएमा अनलाइनबाटै दर्ता

नेपालखबर
चैत १८, २०८२ बुधबार १७:३६, काठमाडौँ

निर्वाचन आयोगले मतदाता नामावली संकलन र अद्यावधिक कार्य फेरि सुरु गरेको छ। 

बुधबार बसेको आयोगको बैठकले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य सुचारु गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। यसअघि प्रतिनिधि सभाको निर्वाचनका लागि गत मंसिर ६ गतेबाट मतदाता नामावली संकलन रोकेको थियो।

राष्ट्रिय परिचपत्र नम्बर प्राप्त गरेका नागरिकले परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जनाएका छन्। राष्ट्रिय परिचयपत्र नभएका नागरिकले भने आयोगको ‘प्रि–इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भरेर फोटो र औँठाछापसहितको जैविक विवरण दिने प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ। 

यससँगै आयोगले मतदाता नामावलीमा भएको त्रुटी सच्याउन पनि आग्रह गरेको छ। यसमा नाम, थर, ठेगाना सच्याउन सकिनेछ। 

त्यस्तै, आफ्नो पायक पर्ने स्थानमा मतदाता नामावली सार्न सकिनेछ। यसका लागि भने अनलाइनमार्फत नै आवेदन गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad