समाज


केएमसी अस्पताल पुगेर गृहमन्त्री गुरुङले डा शर्मालाई दिए धन्यवाद

केएमसी अस्पताल पुगेर गृहमन्त्री गुरुङले डा शर्मालाई दिए धन्यवाद

नेपालखबर
चैत २०, २०८२ शुक्रबार ११:१८, काठमाडौँ

गृहमन्त्री सुधन गुरुङले शुक्रबार राति केएमसी अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेका छन्।

सो क्रममा अधिकांश घाइतेको उपचार निःशुल्क गरेको भन्दै उनले केएमसीका सञ्चालक शर्मालाई धन्यवाद दिए। 

गृह मन्त्रालय सम्हालेकै दिनदेखि काममा सक्रिय गृहमन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गरेलगत्तै केएमसी अस्पताल पुगेका थिए।

यस क्रममा उनले गृहमन्त्री गुरुङले घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्। 

अधिकांश घाइते डिस्चार्ज भइसकेका छन् भने केही अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा. शर्माले बताए।

शर्माले भने, ‘तपाईं आउनुभयो, बिरामीको अवस्था पनि बुझिरहनुभएको छ। यहाँ घाइते भएका सबैको उपचार मैले निःशुल्क गर्ने व्यवस्था मिलाएको छु।’

मन्त्री गुरुङ राति करिब १० बजे अस्पताल पुगेका थिए। 

भेट्नेबित्तिकै डा शर्मालाई उनले भने, ‘तपाईंले घाइतेहरूलाई मात्र होइन, उहाँहरूको परिवारको आँसु पनि पुछिदिनुभएको छ। यो सेवामा कमी नहोस्, तपाईंप्रति सधैँ सम्मान छ।’

गृहमन्त्री गुरुङले डा शर्मालाई धन्यवाद दिने क्रममा अंकमालसमेत गरेका थिए।

भिडिओ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad