समाज


कलाकार बलेविरुद्ध जाहेरी नपरे पनि ५ दिन हिरासतमा राख्न प्रशासनबाट अनुमति

कलाकार बलेविरुद्ध जाहेरी नपरे पनि ५ दिन हिरासतमा राख्न प्रशासनबाट अनुमति

कलाकार सागर लम्साल ‘बले’


नेपालखबर
चैत २२, २०८२ आइतबार १८:२१, काठमाडौँ

कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ।

अमेरिका बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत लगाएको ‘जबरजस्ती करणी’को गम्भीर आरोपमा पक्राउ परेका बलेमाथि प्रहरीले तत्कालका लागि ‘अभद्र व्यवहार’को मुद्दामा म्याद लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। 

शनिबार कपनको बालुवाखानीस्थित निवासबाटै पक्राउ परेका बले अहिले जिल्ला प्रहरी परिसरको हिरासतमा छन्।

अमेरिका बस्दै आएकी युवतीले सामाजिक सञ्जालमा सार्वजनिक रूपमै आफ्नो परिचय खुलाएर बलेले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन्। सोही आरोप सार्वजनिक भएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

आरोप गम्भीर, जाहेरी शून्य
सामाजिक सञ्जालमा चर्चा चुलिए पनि प्रहरीमा भने अहिलेसम्म बलेविरुद्ध कुनै किटानी जाहेरी परेको छैन। हिरासतमा राख्नका लागि उनविरूद्ध ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’को अभियोग लगाइएको छ।

सामाजिक सञ्जालमा आएको आरोपका आधारमा मात्रै जबरजस्ती करणीमा मुद्दा चलाउन कानुनी जटिलता छ। आरोप लगाउने युवती अमेरिकामा छिन् र घटना पनि उतै भएको भनिएको छ।

घटनास्थल अमेरिका भएकाले प्रमाण संकलन र प्राविधिक अनुसन्धान प्रहरीका लागि चुनौतीपूर्ण हुने देखिन्छ। कानुनी प्रावधानअनुसार पीडित वा सरोकारवालाले काठमाडौँमै जाहेरी दिएको खण्डमा मात्रै जबरजस्ती करणीको मुद्दाले औपचारिक रूप लिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad